दोस्रो बिवाह गर्दै मनोज गजुरेल

काठमाडौं । हाँस्य कलाकार मनोज गजुरेलले दोस्रो बिवाह गर्ने भएका छन् । तर बिवाह कहाँ, कहिले र कोसँग गर्ने भन्नेबारे उनले खुलाएका भने छैनन् । उनकाे दाेस्राे बिवाहकाे खबरले धेरैलाई चकित पारेको छ ।

कलाकार गजुरेलले तीन वर्षअघि २०७४ सालमा श्रीमती मिना ढकालसँग डिभाेर्स गरेका थिए । २२ वर्ष लामाे बैवाहिक सम्बन्धलाई अन्त्य गरेका गजुरेलले नयाँ बैवाहिक जीवन सुरू गर्न लागेका हुन् ।

गजुरेलले नयाँ सम्बन्धका बारे एक टेलिभिजन कार्यक्रममार्फत् खुलाएका हुन् । उनले भनेका छन्–‘चाँडै नै सबैको सल्लाह, सुझाव र शुभकामना अनुसार मैले मेरो जीवनमा नयाँ साथी जाेड्दैछु । अहिलेलाई यति नै भनाैँ ।’ उनले गरेको उक्त कुराकानी अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ ।

गजुरेलका दुई सन्तान एक छोरा र एक छोरी रहेका छन् । दुवै जना गजुरेलकै साथमा बस्दै आएका छन् ।

प्रतिक्रिया