‘राजतन्त्र फर्किन्छ भन्नु मरेको मान्छे ब्युँतिन्छ भन्नुजस्तै हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजालाई पहिलो राष्ट्रपति बनाउन आफूले प्रस्ताव गरेको बताएका छन् । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष समेत रहेको भट्टराइले सामाजिक सञ्जालमार्फत सो कुरा बताएका हुन् ।

२०६० सालमा सरकार-माओवादी वार्ता हुँदा आफूले राजाले संविधानसभा र गणतन्त्र स्वीकार गरेमा सहकार्य हुनसक्ने सन्देश राजालाई सुनाइदिन आग्रह गरेको भट्टराईले स्वीकार गरेका छन् ।

राप्रपा अध्यक्ष कमल थापाको अन्तर्वार्ताको भिडियो सेयर गर्दै भट्टराईले भनेका छन्- ‘मैले ०६० को वार्तामा कमल थापासँग भनेको यसो हो-राजालाई भन्नोस् यदि थप रक्तपात रोकेर राजा संविधानसभा र गणतन्त्र मान्छन् भने उनलाई पहिलो राष्ट्रपति स्वीकार्न सकिन्छ’ उनले भने- त्यो त भन्न सक्दिनँ’ । अहिले राजतन्त्र फर्किन्छ भन्नु मरेको मान्छे ब्युँतिन्छ भन्नुजस्तै भएको दावी भट्टराईले गरेका छन् ।

प्रतिक्रिया