सिमकाेट विमानस्थलकाे आगलागी नियन्त्रणमा

सिमकोट । हुम्लाकाे सदरमुकाम सिमकाेटमा रहेकाे सिमकाेट विमानस्थलमा भएकाे आगलागी नियन्त्रणमा आएकाे छ ।

आज (बिहीबार) बिहान करिब ४ बजेतिर सिमकोट विमानस्थलको कार्यालय प्रमुख लगायतका कर्मचारी बस्ने घरमा आगलागी भएको थियाे । विद्युतकाे तारमार्फत् आगलागी भएको हुन सक्ने आशङ्का गरिएको छ ।

प्रहरी र स्थानीयले अहिले आगाे नियन्त्रणमा लिइसकेका छन् । आगलागीमा परी विमानस्थल प्रमुख अधिकारी सामान्य घाइते भएकाे बताइएकाे छ । निधार र हातमा स-साना चोटकपटक लागेकाे जानकारी दिइएकाे छ ।

प्रतिक्रिया