मंसिर १७ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल मंसिर १७ गते । बुधबार । ईश्वी सन् २०२० डिसेम्बर ०२ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–द्वितीया,२६ घडी २२ पला,बेलुकी ०५ बजेर १२ मिनेट उप्रान्त तृतीया । नक्षत्र–मृगशिरा,०९ घडी ३७ पला,बिहान १० बजेर ३० मिनेट उप्रान्त आद्रा । योग–साध्य,१३ घडी ०४ पला,बिहान ११ बजेर ५३ मिनेट उप्रान्त शुभ । करण–गर,बेलुकी ०५ बजेर १२ मिनेट उप्रान्त वणिज,रातको ०५ बजेर ३४ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी ०८ पला । विश्व दासता उन्मुलन दिवस ।

आजको बार बेला ।
बिहान ०६ बजेर ३९ मिनेटसम्म लाभ बेला ।
बिहान ६ बजेर ४० मिनेटदेखी बिहान ७ बजेर ५८ मिनेटसम्म अमृत बेला ।
बिहान ७ बजेर ५९ मिनेटदेखी बिहान ९ बजेर १६ मिनेटसम्म काल बेला ।
बिहान ०९ बजेर १७ मिनेटदेखी बिहान १० बजेर ३४ मिनेटसम्म शुुभ बेला ।
बिहान १० बजेर ३५ मिनेटदेखी बिहान ११ बजेर ५३ मिनेटसम्म रोग बेला ।
बिहान ११ बजेर ५४ मिनेटदेखी दिउसो १ बजेर ११ मिनेटसम्म उद्वेग बेला ।
दिउसो १ बजेर १२ मिनेटदेखी दिउसो २ बजेर ३० मिनेटसम्म चर बेला ।
दिउसो २ बजेर ३१ मिनेटदेखी दिउसो ३ बजेर ४८ मिनेटसम्म लाभ बेला ।
दिउसो ३ बजेर ४९ मिनेटदेखी बेलुकी ६ बजेर ४८ मिनेटसम्म उद्वेग बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान ११ बजेर ५२ मिनेटदेखी दिउसो १ बजेर ११ मिनेटसम्म रहने ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययनमा आउने नतिजाले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरु हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका कामहरु थोरै समय दिएर फत्ते गर्न सकिनेछ । थोरै स्रोत साधनले ठूलो आवश्यकता पूरा हुनेछ । साथीभाइ तथा दाजुभाईसँग मिलेर गरिने काम फस्टाएर जानेछ । विवाद तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) थोरै बोलेर मनग्गे आम्दानी गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईँको निर्णयको उच्च मुल्याङन हुनेछ भने समानमा सम्मानित जीवन यापन गर्न सकिनेछ । घर परिवार तथा जीवन साथिको सहयोगले मन प्रफल्लित हुनेछ । अध्यनमा प्रगति हुने तथा खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईँकै वर्चस्व कायम रहनेछ । कुटुम्वसँग मिलेर गरिने कुनै पनि काम फस्टाएर जानेछ । बहुमुल्य बस्तुहरु तथा धातुहरु जोड्ने समय रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समाजको पक्षमा काम गर्न सकिने तथा शुरु गरेका कामहरु समयमा सम्पन्न हुने हुनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धी भएर जानेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न रहनेछ । स्वास्थ्य सबल हुने हुनाले काम गर्न आट आउनेछ । खाद्यान्न,औषधी तथा निर्माण सामाग्रीहरुको व्यापारमा वृद्धि हुनेछ भने अन्य व्यापारमा मन्दि आउनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । माया प्रेममा एक अर्का बीच मनमुटाब सिर्जना हुनेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । बिदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापारमा समान्य बृद्धी हुनेछ । व्यापार व्यावसायमा अरुदिन भन्दा अली बढी समय दिनुपर्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिद्यामा अरुभन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटाब बढ्नेछ । व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि थोरै लाभ लिन सकिनेछ । तरल पदार्थ,पानि तथा पानीसँग सम्बन्धीत व्यावसायमा लगानि गर्दा ध्यान दिनुहोला । दाजुभाई तथा आफन्तजनबाट असहयोग हुनेछ । साना तिना स्वास्थ्य सम्बन्धी समस्याले भने सताउने देखिन्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यावसायमा सामान्य वृद्धि हुनेछ भने लगानीका स्रोत पहिचान गरि आम्दानि बढाउन सकिनेछ । परिवार तथा आफन्तको साथ पाईने हुनाले काम गर्न सहयोग पुग्नेछ । नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) प्रशासनिक क्षेत्रमा तपाईँको बर्चश्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगती हुने योग रहेकोछ । तरपनि सरसफाई तथा बाहिरी वाताबरणको ध्यान दिनुहोला ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बोल्दा ध्यान दिनुहोला,बोलीको विपरीत अर्थ लाग्न सक्छ । शरीर भारि र मन अस्थिर रहने हुनाले काम गर्न मन लाग्ने छैन । शरिरमा आलस्य र थकानको अनुभूती हुनेछ । बाटो काट्दा वा सवारी साधनको प्रयोग गर्दा सचेत हुनुहोला । धनमाल हराउने वा भौतिक सम्पत्ती गुम्नसक्ने सम्भावना रहेकोछ । परिवारका सदस्य वा नजिकैको साथीले तपाईँलाई सहयोग गर्ने छैनन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समय मध्ययम रहेकोले अनावश्यक काममा अलमल हुनेछ । खानपान, मानोरञ्जन तथा बिलाशी बस्तुको सोखले खर्च बढ्ने योग रहेकोछ । आफन्तलाई दिईएको वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ । सम्बन्ध अनुकूल बनाइराख्न हम्मे हम्मे पर्नेछ । तरपनि समस्या दर्साउदा आफन्त तथा शुभचिन्तकले साथ दिनेछन । आज गरिने मिहिनेत पछिका लागी लाभ दाएक हुनेछ । खानपानमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउने हुँदा मन प्रशन्न रहनेछ । सत्रु परास्त हने तथा पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ । व्यापार व्यापार फस्टाएर जाने हुनाले भने जस्तो आम्दानी गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरु भन्दा एक कदम अगाडी बढी नतिजा आफैतिर ल्याउन सकिनेछ । निर्माण सामाग्री तथा उत्पादनमूखी व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आकस्मिक धन,सम्पति लाभ हुने तथा चिठ्ठा,उपहार प्राप्तिको योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीचको मायाको गाठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरिले तपाईको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउनेछ । बिद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईँकै पोल्टोमा पर्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसायमा केहि समय पर्ख र हेरको रणनीति अपनाउदा राम्रो रहेकोछ भने कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाभ लिन सकिनेछ । अन्य काममा व्यास्त हुँदा पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछी परिनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने योग रहेकोछ । आमा तथा आफन्तसँग यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया