प्रधानमन्त्रीको राजीनामा माग्नु गुटगत मानसिकता : शंकर पोखरेल

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य शंकर पोखरेलले एक अध्यक्षको मात्र राजीनामा माग्नु गुटगत मानसिकता भएको टिप्पणी गरेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेलले पार्टी विवादमा एक अध्यक्षको मात्र राजीनाामा माग्नु गुटगत मानसिकता भएको टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत उनले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको राजीनामा माग गरेको भन्दै उनले यस्तो बताएका हुन् । ‘पार्टीमा उत्पन्न समस्याका लागि कुनै एक अध्यक्षलाई मात्र जिम्मेवार देखाएर राजीनामाको माग गर्नु पार्टी एकता विरोधी गुटगत मानसिकता हो’, पोखरेलले भनेका छन् ।

  • सम्बन्धित समाचार :-

नेकपामा जारी शक्ति संघर्षको अन्त्य कहिले ?
ओलीले दुवै पदबाट राजीनामा गर्नुपर्छ : जनार्दन शर्मा

 

प्रतिक्रिया