को हुन् महासंघको वरिष्ठ उपाध्यक्ष निर्वाचित ढकाल ?

काठमाडौं । नेपाली उद्योग र व्यवासायको क्षेत्रमा नाम चलेका व्यक्ति हुने चन्द्रप्रसाद ढकाल । बागलुङको अमलाचौरमा विक्रम संवत २०२२ सालमा सामान्य परिवारमा जन्मिएका चन्द्रप्रसाद ढकालको अहिलेको पहिचान मुलुककै सफल व्यवसायी हो ।

उनको उद्यमशीलताको यात्रा धेरै पुरानो छैन । करिब साढे दुई दशकमै उनले आफूलाई सफल व्यवसायीका रुपमा मात्र चिनाएनन्, देशमै उद्यमशिलता सृजना गर्नुपर्छ भनेर आफूलाई आभियानकर्मीका रुपमा समेत स्थापित गरे । चन्द्रागिरी हिल्स र आइएमई ग्रुप स्थापना गरेर सफल बनेका ढकाल नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । ढकालसँग किशोर प्रधानले पराजय भोगेका हुन् । यसभन्दा अघि पनि शेखर गोल्छासँग वरिष्ठ उपाध्यक्षको चुनावमा प्रधान पराजित भएका थिए ।

ढकालले अढाई दशकमा मेहनत, लगनशीलता र काम प्रतिको दृढ इच्छाशक्ति नै सफल भएका हुन् । उनी सफल हुनुको आधार भनेको निरन्तर लगाव र परिश्रम नै हो । नेपालको व्यवसायमा बहुआयामिक क्षेत्र समेट्दै अघि बढेका उनी सबैलाई परिश्रम नै गर्न सल्लाहा दिने गरेका छन् ।

उनको अहिलेको सफलताभन्दा वास्तविक पारिवारिक जीवन निकै पर थियो । उनले बालकका रूपमा आफ्नो बुबाको न्यानो माया र सुखद् भविष्यको सपना कहिल्लै देख्न सकेनन् । बुबाले सानैमा छाडेर गएकाले बुबाको प्रेम र दिशा निर्देश के हो ? ढकालले भेउ पाएनन् । सोह्र वर्ष किशोरको काँधमा जब आमा र साना भाइबहिनीको भविष्यसमेत थपियो, त्यसपछि भने ढकालले आफु र आफ्नो परिवारको भविष्यका लागि के गर्ने आफैंले निर्णय लिनुपर्ने भयो ।

४ वर्ष बैंकको जागिर खाएँ राष्ट्रिय वाणिज्य बैंकमा जागिरे गर्थे । त्यसलाई छाडेर व्यापार व्यवसाय तिर लागे र सुरुमा कोल्ड स्टोर सुरु गरे । बैंकको जागिर छाडेर व्यवसायमा होमिएका ढकाल अहिले देशकै सबैभन्दा ठूलो बैंकको अध्यक्ष छन् ।
ढकालले कार्गो व्यवसाय पनि गरेका थिए । उनी कार्गाे व्यवसाय गर्दागर्दै १० महिना जापानमै बसेर समेत काम गरे । जापानबाट कमाएको पैसा नेपाल पठाउन उनलाई धेरै सास्ती भो । त्यही सास्तीलाई सहज बनाउन ढकालले आइएमई स्थापना गरे ।

हाल आइएमई नेपालको विप्रेषण क्षेत्रको पर्याय मात्र होइन, नेपालको व्यावसायिक क्षेत्रको उदीयमान ग्रुप पनि हो । यसले रेमिट्यान्स, बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स, अटोमोबाइल, ऊर्जा, पर्यटन, विद्युतीय भुक्तानी, ट्राभल, सूचना–प्रविधि, केबलकार र हस्पिट्यालिटीलगायत विभिन्न व्यवसायिक क्षेत्रमा लगानी विस्तार गर्दै आइरहेको छ । यी सबैको जगको ढुङ्गा आइएमई नै हो ।

ढकालले व्यक्तित्व निर्माणमा गरेका सङ्घर्षका कथाहरु धेरैको प्रेरणाका स्रोत बन्न योग्य छन् । उनको सफलताको ओझिलो यात्रामा बटुलेका अनुभव भावी पिँढीका लागि पथप्रदर्शक मात्र होइन कि प्रयोगशाला नै बन्न सक्छन् । हाल ढकाल व्यावसायिकरूपमा नेपालमा केबलकार विस्तारको योजनामा देखिन्छन् । नेपालका सातै प्रदेशमा केबलकार पुर्याउने योजना छ उनको ।

व्यवसायमा इमान्दारीताको ठूलो महत्व छ । इमानबिना व्यवसाय टिक्दैन, सफल हुँदैन । अनि मेहनत र धैर्यता पनि चाहिन्छ । ढकाल यही गुण भेटिन्छ ।  नेपालको बैंकिङ क्षेत्रमा सरकारको योजना कार्यान्वयन गर्ने प्रमुख निकायको रूपमा ग्लोबल आइएई बैंक शीर्षस्थानमा छ । चालू आर्थिक वर्षको बजेटमा ‘क’ वर्गका बैंक तथा वित्तीय संस्था गाभ्ने नीति समेटियो । सोही नीतिलाई कार्यान्वयन गर्न ढकालले नै जोखिम उठाएर साहसिक निर्णय गर्छन् ।

थप पढ्नुहोस् : जितपछि चन्द्र ढकालले भने- ‘चुनावसँगै प्यानल सकियो, अब महासंघ एक ढिक्का हुन्छ’

प्रतिक्रिया