जितपछि चन्द्र ढकालले भने- ‘चुनावसँगै प्यानल सकियो, अब महासंघ एक ढिक्का हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अब महासंघ एक ढिक्का हुने भएका छन् । बिहान चुनाव जितेपछि संक्षिप्त प्रतिक्रिया दिँदै ढकालले अब जित-हार भुलेर महासंघलाई बलियो बनाउन अघि बढ्ने बताए ।

चुनावसँगै प्यानल पनि सकिएको भन्दै ढकालले अब गोल्छाकै नेतृत्वमा महासंघलाई एक ढिक्का बनाएर अघि बढाउने प्रतिवद्धता जनाए । ‘चुनाव हारेपनि आदरणीय दाजु किशोर श्रेष्ठलाई पनि साथै लिएर अघि बढ्छौं,’ उनले भने, ‘मलाइ विश्वास गर्ने सबैमा धन्यवाद प्रकट गर्छु ।

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था गरेकोले उपाध्यक्ष र सोभन्दा मुनिका विभिन्न पदमा शनिबार मतदान भएको थियो ।

प्रतिक्रिया