१६ गते बस्नेगरी सकियो नेकपा सचिवालय बैठक, दुवै अध्यक्षको प्रस्तावमाथि छलफल हुने

काठमाडौं । आउँदो १६ मंसिरमा बस्नेगरी आजको नेकपा सचिवालय बैठक सकिएको छ । १० दिनपछि आज बसेको सचिवालय बैठक पुनः १६ गते बस्नेगरी टुङ्गिएको हो ।

आजको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफ पेस गरेपछि दुवै अध्यक्षका प्रस्तावको अध्ययन गरी छलफलका लागि १६ गते १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी अर्को बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीले पेस गरेको प्रस्ताव सबै सचिवालय सदस्यलाई अध्ययनका लागि वितरण गरिएको पनि उनले बताए ।

यसअघि गत ३ मंसिरमा सचिवालय बैठक बसेको थियो ।

 

प्रतिक्रिया