महासंघको निर्वाचमा मुस्लिम समुदायबाट अलिमियाको उम्मेद्वारी

काठमाडौं । भोली हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा मुस्लिम समुदाबाट प्रतिनिधित्व गर्दै जमशेर अलिमिया केन्द्रीय सदस्यको लागि चुनावी मैदानमा छन् । चन्द्रौटा उधोग बाणिज्य संघका अध्यक्ष समेत रहेका अलिमिया एकमात्र मुस्लिम समुदायबाट केन्द्रीय सदस्यको लागि चुनावी मैदानमा उत्रिएका हुन् ।

उनीले विगत २०६२ सालदेखि एक कार्यकाल बाहेक लगातार अध्यक्षको रुपमा रही उद्योगी व्यवसायीको हकहितमा काम गर्दै आएका छन् । कोरोनाको कारण विश्व अर्थतन्त्र खुम्चिएको र त्यसको असर नेपालमा पनि परेको छ । त्यही समस्या समाधान गर्न उनले उम्मेदवारी दिएका हुन् ।

महासंघमाको इतिहासमा पहिलो पटक युवा उद्यमी अलिमिया मुस्लिम समुदायबाट पहिलो र एकमात्र केन्द्रिय सदस्यको उम्मेद्वार हुन् । अलिमिया लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्यको लागि उम्मेदवार छन् ।

जमशेर अलिमिया भन्छन ‘महासंघ र नेपाल सरकारबीच नङ र मासुको सम्बन्ध रहेको छ । हामी उद्योगीहरुले देशको अर्थतन्त्र सुधारन विभिन्न माग तथा प्रस्तावहरु सरकार समक्ष पुरयाउने र त्यसलाई सही रुपमा कार्यन्वयन गराउन तत्परता देखाउने एवं नीति नियम निर्माण गर्ने हो । नेपालको विकास र अर्थतन्त्र चलायमान बनाउनको लागि व्यवसायीहरु मेरुदण्ड हुन् ।

उधोगीहरुको समस्या पहिला नेपाल उद्योग वाणिज्य महासंघमा हामीले राख्ने हो र सो संस्थामार्फत हामी व्यवसायीका समस्या समाधान गर्न लागि पर्ने हो ।’

जमशेर अलिमिया ४९ वर्षीय युवा उद्यमी अटल सिमेन्ट प्रा.लि.का अध्यक्ष हुन् । सो उद्योगबाट ओपिसी र पिपिसी सिमेन्टको उत्पादनहुन्छ भने लोकप्रिय ग्रुपको अध्यक्ष समेत रहेका छन् । जस अन्तर्गत पेट्रोलपम्प, हार्डवेयर, इटाउधोग, टायर तथा भिनीयरको व्यापार विगत ४० वर्षदेखि गर्दै आइरहको छ ।

‘हामीले १६ सय गरीव घर परिवारलाई राहतको प्याकेज ल्याई कार्य गर्यौं र ती गरिबहरु भोकै नमरुन् भनी यो कार्य गरेका छौं, नेपालमा चाहिने अत्यावश्यक वस्तुहरु नेपालमा उत्पादन किन गर्न सकिदैन भन्ने सवालमा नेपाल सरकारले सबै जिल्लााहरुमा सडक सन्जालले घेरिसकेको अवस्थामाउधोग स्थापनाको नीतिलाई परिमार्जन गर्नुपर्दछ,’ उनले भने ।

उनी नेपाल प्रजातान्त्रिक महासंघ लुम्बिनी प्रदेशको कोषाध्यक्ष्य, साँग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सदस्य, बुद्ध टेलिभिजन बुटवलको संस्थापक सदस्य, सनराइजबोडिङ्ग स्कुल चन्द्रौटाको संस्थापक शेयर सदस्य, अरनिको बचत तथाऋण सहकारी संस्थालगायतका संस्थापक हुन् ।

प्रतिक्रिया