पुर्वअध्यक्षहरुको आग्रह : यसपाली बरिष्ठ उपाध्यक्षमा किशोर प्रधान

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षका लागि वर्तमान अध्यक्ष भवानी राणाले सहमतिका लागि सोमवार गरेको प्रयास असफल भएपछि महासंघका पुर्व अध्यक्षहरु सहमती नभए पछि लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचनमा जानु पर्नेमा जोड दिएका छन् ।

पुर्वअध्यक्ष चण्डीराज ढकालको समर्थन चन्द्रप्रसाद ढकालले पाएका छन् । भने, वर्तमान अध्यक्ष भवानी राणा, निर्वतनमान अध्यक्ष पशुपति मुरारका, पुर्वअध्यक्ष कुसकुमार जोशीले भावी अध्यक्ष शेखर गोल्छाको समुहबाट बरिष्ठ उपाध्यक्षका उम्मेदवार रहेका किशोर प्रधानको समर्थन छ ।

‘किशोर प्रधान र चन्द्र ढकाल दुवै जना महासंघका लागि चाहिने ब्यक्ति हुनुुहुन्छ । कोरोना महामारीका बेला सहमतिबाट सर्वसम्मत नेतृत्व चयन गरेको भए निकै राम्रो सन्देश जाने थियो । तर, त्यो सम्भावना सकिएपछि लोकतान्त्रिक बिधिबाट चुनावमा जादा यसपाली किशोर प्रधानलाई निर्वाचित गराउन निर्वतमान अध्यक्ष पशुपति मुरारकाले आग्रह छ,’ मुरारकाले भने ।

अर्का पुर्वअध्यक्ष कुशकुमार जोशीले पनि यो लडाई खासमा महासंघलाई कमाइ खाने पेशा बनाउनेका बिरुद्धमा भएको बताएका छन् । ‘अघिल्लो पटक शेखरसंग चुनाव हारे पछि महासंघबाट बिदा हुनु भएका किशोर जीलाई तपाई बिना महासंघ चलायमान भएन प्रमोद श्रेष्ठको उपाध्यक्ष पदमा आइदिनुस् अर्को पटक बरिष्ठ उपाध्यक्ष तपाई नै हो भनेर पद बाड्ने मानिस अहिले आएर आफनो स्वार्थ अनुकुल महासंघलाई राजनितिकरण गर्न मिल्छ ? जोशीले प्रश्न गरे ।’

वर्तमान अध्यक्ष भवानी राणा र भावी अध्यक्ष शेखर गोल्छाले किशोर प्रधान र चन्द्रप्रसाद ढकाल दुवै जना निकै क्षमतावान र महासंघको गरिमा उच्च राख्ने ब्यक्ति हँुदाहँुदै पनि महासंघको सुढुणीकरण र सुद्रीकरणका लागि यसपाली किशोर प्रधान भन्नुपर्ने अवस्था आएको बताए ।

 

प्रतिक्रिया