घुन्सामा प्रधानमन्त्रीको एक दिन (फोटो फिचर)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ताप्लेजुङको सिमा निरीक्षणसँगै त्यहाँ निर्मित सामुदायिक स्वास्थ्य इकाई भवनको उद्घाटन गरेका छन् ।

सो क्रममा प्रधानमन्त्री ओलीले अब दुर्गम क्षेत्रमा विकासका पूर्वाधारहरु तयार हुने बताएका छन् । दुर्गम क्षेत्रलाई सुगम बनाउने सरकारको रणनीति अनुसार अब देशका विभिन्न दुर्गम क्षेत्रमा विकासका आवश्यक पूर्वाधार पुर्याउने प्रधानमन्त्रीको भनाई थियो ।

स्वास्थ्य इकाई भवन उद्घाटन गर्न मुलुकै अभिभावक प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि घुन्साका स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।

करिब दुई हप्ता अगाडी संखुवासभाको किमाथांका नाका अवलोकन तथा राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको अरुण तेस्रो जलविद्युत आयोजनाको समेत निरिक्षण गरेका थिए ।

मुलुकको सर्वोच्च पदमा आसिन व्यक्तित्व आफ्नै घरआँगनमा आएपछि ताप्लेजुङ घुन्साका स्थानीय हर्षित देखिन्थे । त्यहाँ आयोजित कार्यक्रममा महिला, बालबालिका, युवा बृद्धबृद्धाहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

हेर्नुहोस् फोटो फिचर
तस्विरः प्रधानमन्त्रीको सचिबालय

प्रतिक्रिया