नेपालमा काेराेना संक्रमित हुनेकाे संख्या घट्दै, ५ हजार बढी निकाे हुँदा १,९४५ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लाे समय नेपालमा काेराेना भाइरस (काेभिड १९) संक्रमित हुनेकाे संख्या घट्दै गएकाे छ ।

पछिल्लो २४ घण्टामा संक्रमित हुनेकाे भन्दा निकाे हुनेकाे संख्या दाेब्बर बढी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर एक हजार ९४५ संक्रमित थपिँदा ५ हजार ३६४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै शुक्रबार थप २२ जना संक्रमितकाे मृत्यु भएकाे छ । आज क्वारेन्टिनमा ७५३ जना छन् भने सक्रिय संक्रमित संख्या २४ हजार ६६५ रहेकाे छ । आजकाे अपडेटसँगै देशभर काेराेना संक्रमितकाे संख्या २ लाख १६ हजार ९६५ पुगेकाे छ ।

संक्रमितमध्ये एक लाख ९१ हजार २ जना निकाे भइसकेका छन् भने मृतक संख्या एक हजार २९८ पुगेकाे छ ।

प्रतिक्रिया