पोखरामा खुलिन एलिजा (फोटो फिचर)

काठमाडाैं । पछिल्लो समय म्युजिक भिडियोमा जम्दै गरेकी नायिका एलिजा गौतमले ग्लामरस मुडमा तस्विर खिचाएकी छन् । पोखरामा ‘अनुराग’ डेब्यू नायिकाले आकर्षक स्टाटस सहित आफ्ना केही तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् ।

‘यदी तपाईलाई कसैले रोक्छ, छेक्छ र तपाईसँग समय माग्छभने तपाई धेरै भाग्यमानी हुनुहुन्छ, किनकी केयर गर्ने मान्छे किस्मत हुने मान्छेलाई मात्र पाइन्छ उसको कदर गर्नुहोस्’ एलिजाले भनेकी छन् ।

आफ्नै होम प्रोडक्सनको फिल्म ‘अनुराग’ ले एलिजालाई सफलता नदिलाएपनि चर्चामा भने ल्याएको थियो । लकडाउनमा पछि एलिजाले आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । चकलेटी नायक पल शाह, आकाश श्रेष्ठ देखि भाइरल गायक दुर्गेश थापासँग अनस्क्रिन रोमान्स गरेकी एलिजा पछिल्लो समय म्युजिक भिडियोबाटै चर्चामा छिन् ।

सञ्चारकर्मी ऋषि धमलाकी पत्नी दुई सन्तानकी आमा भएपनि पोखरामा एलिजाको सुन्दरता झल्किएको छ ।

फोटो एलिजाको फेसवुक पेजबाट

 

प्रतिक्रिया