दर्शकले शान्त हुन सल्लाह दिएपछि कंगनाले भनिन्–मलाई नपछ्याउनुहोस्

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनाैतलाई दर्शकले शान्त हुन सल्लाह दिएका छन् । कंगना हरेक मुद्दामा खुल्लमखुल्ला बोल्ने गर्छिन् । उनलाई ट्विटर मार्फत् दर्शकले चुप बस्न सल्लाह दिएका हुन् ।

उनलाई शान्त हुन सल्लाह दिनेहरुलाई कंगनाले ट्विटर मार्फत् जवाफ दिएकी छिन् । उनले लेखेकी छिन्– ‘सबै फ्यानहरू जसले मेरो ट्वीट दिनभरि जाँच गरिरहन्छन् । फेरि मेरो ट्विट हेरेर थाकेँ र बोरीङ भएँ भन्छन् । मलाई चुप लाग भन्छन् । यदि म मन पर्दैन भने, अनफलो वा ब्लक गर्न सक्दछन् । यदि तपाइँले त्यसो गर्नु भएन भने, साँच्चिकै तपाईँ मुर्ख हुनुहुन्छ ।’

कंगनाले जेलमा रहेका पत्रकार अर्नब गोस्वामीको रिहाइको लागि पनि निरन्तर संघर्ष गरिरहेकी छिन् । कंगनाले सोमबार राती एक ट्विट लेखेकी थिइन्–‘अर्नब र म जस्ता मानिसहरु आफ्नो सफलता र लोकप्रियता मनाउन छोडि तपाँइहरुको पक्षमा लड्छौं । यदि हामी फर्कीयौं भने, याद राख्नुहोस् तपाँइहरु संसारको तेस्रो देशमा रहनुहुनेछ । जहाँ सबैभन्दा धेरै भ्रष्ट समाज रहनेछ ।’

प्रतिक्रिया