१३ हजारको मोबाईल किन्दा ४० हजारको टिभी उपहार

चितवन । चितवन रत्ननगरका हेमराज महतोले मोबाइल खरिद गर्दा एमआइ टिभि उपहार प्राप्त गरेका छन् । सौराहा चोकस्थित सगरमाथा मोबाईल हाउसबाट मोबाईल किनेका महतोले ४३ इन्चको एमआइ टिभी उपहार पाएका हुन् ।

सगरमाथा मोबाईल हाउसले दशैं तिहारको अवसर पारेर उपहार योजना ल्याएको थियो । पछिल्लो एक महिनामा मोबाईल खरिद गरेका बीच ‘लक्की ड्र’ गरिएको हो ।

ड्रमा रत्ननगर ८ का महतोलाइ ४० हजार बराबरको टिभी उपहार प्राप्त गरेको सगरमाथा मोबाईल हाउसका संचालक शंकर पौडेलले जानकारी दिए ।

उनले १३ हजारको नोकिया सीथ्री मोबाईल खरिद गरेका थिए । पछिल्लो एक महिनामा मोबाइल खरिद गरेका बीच ड्र गरिएको थियो । ड्रका प्रमुख अतिथी पूर्वी चितवन पत्रकार संघका अध्यक्ष होमनाथ सापकोटाले गोला थुतेका थिए ।

शनिबार टिभी प्राप्त गरेका महतो जिल्ला बाहिर रहेकाले अनुकूल समय मिलाएर हस्तान्तरण गरिने संचालक पौडेलले बताए । एक वर्षे उपहार योजनाअन्तर्गत आगामी २२ गते ओप्पोको स्माट मोबाईल फोन उपहार प्राप्त गर्ने सगरमाथा मोबाईल हाउसका संचालक पौडेलले बताए ।

एक एक महिनामा मोबाइल खरिद गरेका बीच प्रत्येक महिनाको २२ गते लक्की ड्र गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया