‘होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२४’ सम्पन्न , टेक्निसियनहरू पुरस्कृत

काठमाडौँ । होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरुको सिप र दक्षता अभिवृद्धि गर्ने र बिक्री पछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउने उद्देश्यका साथ आयोजना गरेको होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२४ सम्पन्न भएको छ ।

उक्त कन्टेस्टमा एस.टि.सि वर्कसप टेकुका प्रलाद दाहालले प्रथम पुरस्कार प्राप्त गरे । त्यसैगरि ओम सत्य साही अटो सिटि प्रा।लि इटहरीका गजेन्द्र बुढाथोकी द्वितीय र एस।टि।सि वर्कसप कोहलपुरका सन्तोष अर्जेलले तृतीय पुरस्कार प्राप्त गरे । नगद पुरस्कार को रासी प्रथम हुनेले ५० हजार , द्वितीयले ३० हजार र तृतीयले २० हजार साथै सबै सहभागी हरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

नेपाल अटो मेकानिक्स ट्रेड युनियनका केन्द्रीय अध्यक्ष प्रदीप घिमिरे तथा स्याकार ट्रेडिङका विभिन्न डिभिजन प्रमुखहरूको उपस्थितिमा सो कार्यक्रम चैत २८ गते होण्डाको ट्रेनिङ सेन्टर, अग्वार्को ललितपुरमा सम्पन्न भएको हो । प्रतियोगिता अवधिभर होण्डा जापानले उपलब्ध गराएको मार्ग निर्देशन अनुसार टेक्निसियनहरु होण्डा स्टयान्डर्ड प्रोसिडयुअर अन्तर्गत रहेर प्रतियोगितामा सहभागी भएका थिए ।

नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेनिङ कम्पनी प्रा।लि अन्तर्गत सर्भिस डिभिजनको अगुवाइमा विभिन्न ५ वटा क्षेत्रीय प्रतियोगिता सम्पन्न गरि प्रत्येक क्षेत्र बाट २/२ जना छनोट गरि राष्ट्रिय स्तरको प्रतियोगितामा सञ्चालन गरिएको थियो ।

स्याकार ट्रेनिङ कम्पनीले विगत केही वर्षदेखि यस प्रकारको कार्यक्रम हरेकवर्ष आयोजना गदै आएको बताएको छ । यस प्रकारको प्रतियोगिताबाट सहभागी टेक्निसियनहरुको कार्यदक्षता अभिवृद्धि हुनुको साथै आउँदो दिनमा अझै कार्यकुशलताका साथ अघि बढ्न उत्प्रेरणा मिल्ने विश्वास गरिएको कम्पनीको भनाई छ ।

होण्डाका मो.सा तथा स्कुटर नेपालीहरूमाझ लोकप्रिय बनाउन टेक्निसियनहरूको महत्वपूर्ण भुमिका रहेको र टेक्निसियनहरूको सिप तथा ज्ञानको उचित प्रयोग गरि आगामी दिनमा नेपाली ग्राहक लाई अझ उच्च स्तरको सेवा पुर्याउन यस किसिमको प्रतियोगिता कोशेढुगा हुने भन्दै स्याकार ट्रेनिङ कम्पनीका सर्भिस् जेनेरल मेजेर सिताराम न्यौपानेले आफ्नो भनाई राखे । उक्त कार्यक्रममा पाँचै प्रदेशका उत्कृष्ट टेक्निसियन हरूको अलावा काठमाडौँ उपत्यका भित्रका धेरै जसो डिलर हरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *