बाबुराम भट्टराईको माग–‘संसद अधिवेशन बोलाएर यी ६ मुद्दामा छलफल गरौँ’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको सरकारको समीक्षा गर्न संसद अधिवेशन बोलाउनुपर्ने माग गरेका छन् ।
शनिबार (आज) सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफ्नो माग राखेका पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सरकारले पछिल्ला समयमा खेल्नुपर्ने महत्वपूर्ण जिम्मेवारीप्रति आम जनता र प्रतिपक्षी दलहरूको पनि गम्भीर चासो रहेको बताएका छन् । यस्तै उनले संसद अधिवेशन आवश्यक रहेको पनि औंल्याएका छन् ।
नेता भट्टराईले नेकपाचित्रको किचलो उसको आन्तरिक विवाद भएको बताउँदै उसले आफैँले नै समाधान गर्नुपर्ने पनि बताएका छन् ।
उनले लेखेका छन्–‘नेकपाभित्रको पार्टीगत किचलो उसको आन्तरिक मामिला होला, उसैले छिनोफानो गरोस् । तर प्रधानमन्त्री केपी शर्मा ओली सरकारको दुष्कर्म र अकर्म आम जनता र प्रतिपक्षी दलहरूको पनि गम्भीर चासोको विषय हुनाले बोलाएर छलफल गर्ने कि ?’ १, कोरोना २, र्थतन्त्र ३, संघीयता ४, भ्रष्टाचार ५, विदेश सम्बन्ध र अन्य विषयमा छलफल गर्नुपर्छ ।’
नेकपाभित्रको पार्टीगत किचलो उसको आन्तरिक मामिला होला;उसैले छिनोफानो गरोस्!तर@kpsharmaoli सरकारको दुष्कर्म/अकर्म आम जनता र प्रतिपक्षी दलहरूको पनि गम्भीर चासोको बिषय हुनाले यी मुद्दामा संसद अधिवेसन बोलाएर छलफल गर्ने कि:१.कोरोना२.अर्थतन्त्र३.संघीयता४.भ्रष्टाचार५.विदेश सम्बन्ध६.अन्य!
— Baburam Bhattarai (@brb1954) November 7, 2020








