४,५०० संक्रमित डिस्चार्ज हुँदा २,९०९ जनामा संक्रमण पुष्टि, थप १८ को मृत्यु

काठमाडौं । आज (शुक्रबार) काेराेना भाइरस (काेभिड १९) संक्रमित हुनेभन्दा निकाे हुनेकाे संख्या बढी छ ।

पछिल्लाे २४ घण्टामा नेपालमा थप २,९०९ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि हुँदा ४ हजार ५०० जना डिस्चार्ज भएका छन् । यस्तै थप १८ जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेकाे छ ।

याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १ लाख ८८ हजार ८८३ पुगेकाे छ । संक्रमितमध्ये १ लाख ५२ हजार ९०८ जना निकाे भइसकेका छन् भने हालसम्म १ हजार ७० जनाकाे मृत्यु भइसकेकाे छ ।

यस्तै आज क्वारेन्टिनमा १ हजार २५४ जना रहेका छन् । ३४ हजार ९०५ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया