वीपी प्रतिष्ठानमा बिहीबार एकैदिन तीन कोरोना संक्रमितको मृत्यु

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको कोभिड अस्पतालमा उपचाररत थप तीन कोरोना भाइरस (कोभिड १९) संक्रमितको मृत्यु भएको छ । मोरङका ५९ वर्षीय पुरुष, राजविराज १, सप्तरीकी २३ वर्षीय महिला र राजविराज ८ का ६५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
मोरङका पुरुषमा कात्तिक ९ मा कोरोना पुष्टि भएको थियो । सोही दिन उनी वीपीको कोभिड अस्पतालमा भर्ना भएका थिए । उनको कात्तिक २० गते बिहान ३ बजे मृत्यु भएको हो ।
यस्तै राजविराज १ कि २३ वर्षीय महिलामा कात्तिक १८ गते कोरोना पुष्टि भएको थियो । १९ गते वीपीमा भर्ना गरिएकोमा उपचारका क्रममा उनको आज बिहान ३ः१५ मा मृत्यु भएको हो ।
सप्तरीकै राजविराज ८ का ६५ वर्षीय पुरुषमा कात्तिक १५ गते संक्रमण पुष्टि भएको थियो । सोही दिन अस्पताल भर्ना भएका उनको आज बिहान ८ बजे मृत्यु भएको वीपीका सह प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए ।









