भिटेन आफुलाई पक्राउ नगर्न भन्दै उच्च अदालत पाटन पुगे

काठमाडौं । र्‍यापर गायक समिर घिसिङ (भिटेन) आफुलाई नपक्रिन भन्दै उच्च अदालतत पाटन पुगेका छन् ।

भिटेनले एक साता अगाडि ‘पारा’ बोलको र्‍याप गीत बजारमा ल्याएका थिए । सो गीतमा आपत्तीजनक शब्दहरु प्रयोग गरिएको हुनाले नेपाल प्रहरीले उनको खोजि गरेको थियो । सोहि खोजिको क्रममा भिटेन आफूलाई त्यसबाट रोकी पाऊँ भन्दै अदालत पुगेका हुन् ।

पाटन उच्च अदालतका प्रवक्ता शम्भुप्रसाद रेग्मीले भिटेन उच्च अदालत पुगेकाे मकालु खबरसँगकाे कुराकानीमा पुष्टि गरे । उनले भने, ‘आफूलाई पक्राउ नगर्न प्रहरीलाइ अन्तरिम आदेश दिनु भन्ने माग गर्दै निवेदन लिएर उनी उच्च अदालत आएका हुन् । उनको निवेदन प्रक्रियामा छ ।’

आपत्तिजनक शब्द तथा चित्र बोकेको भिडिओ सार्वजनिक गरेको आरोपमा  भिटेनलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले गएको बिहीबार साइबर ब्युरोलाई समेत चिठी लेखेको थियो । त्यसपछि भिटेनले एक विज्ञप्ति जारी गर्दै माफी मागेका थिए । विज्ञप्तिमा भिटेनले उक्त गीतका आपत्तिजनक शब्दहरु संशोधन गरि पुनः सार्वजनिक गरिने प्रतिद्धता समेत व्यक्त गरेका थिए ।

यो भन्दा पहिले पनि भिटेनको ‘हामी यस्तै त हाेनी ब्रो’ गीतमा प्रयोग भएका शब्दहरुले नकारात्मक असर पर्न गएको भन्दै प्रहरीले उनलाई जेल हालेको थियो ।

प्रतिक्रिया