बीपी प्रतिष्ठानमा कार्यरत एक स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

प्रतिष्ठानको इर्मजेन्सीमा कक्षमा कार्यरत २८ वर्षीय रेडियोग्राफरको आज (सोमबार) करिब साँझ ६ बजेतिर मृत्यु भएको हो ।

राजविराज घर भएका स्वास्थ्यकर्मीको मृत्यु पश्चात कोरोना पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।

मृतकलाई दिशा पातलो हुने, ज्वरो आउनेलगायतको समस्या भएपछि इर्मजेन्सीमा भर्ना गरिएको थियो । उनको हिजो आइतबार गरिएको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको थियो ।

मृतकलाई आज दिउँसो एक्कासी सास फेर्न गाह्रो भएको थियो । हिजो रिपोर्ट नेगेटिभ आएपनि लक्षण सबै कोरोनासँग मिल्दो भएकोले उनको मृत्यु पश्चात पिसिआर गर्दा रिपोर्ट पोजेटिभ आएको इर्मजेन्सीमा कार्यरत एक चिकित्सकले जानकारी दिए ।

यसअघि पनि प्रतिष्ठानमा कोरोना संक्रमण भएकी एक महिला कर्मचारीको मृत्यु भएको थियो ।

प्रतिक्रिया