चितवनमा सवारी दुर्घटना, छोराको मृत्यु बाबू घाइते

चितवन। चितवनको भरतपुरमा ग्यास बुलेट र मोटरसाइकल ठक्कर खांदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

भरतपुर मिलनचोकमा पुर्वबाट जाँदै एनएल ०१ एबि ९२३५ नम्बरको ग्यास बुलेटमा सोही दिशा तर्फ जाँदै गरेको ना ४२प ९७१५ नम्बरको मोटरसाईकल ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा राप्ती नगरपालिका– ५ का २४ बर्सिय मनोज सुनारको मृत्यु भएको र ४८ वर्षीय खडक बहादुर सुनार घाईते भएका छन् । प्रहरिका अनुसार उनिहरु बुवा छोरा हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएका मनोजलाई अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । घाइते भएका खड्कको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको भइरहेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । दुबै सवारी साधन र ग्यास बुलेट चालक गैडाकोट नगरपालिका – १ का ४२ वर्षीय राजु कुमार थापा लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया