टेकु अस्पतालमा काेराेना उपचार शुल्क : २० देखि ५० हजारसम्म धराैटी !

काठमाडौं । सरकारले काेराेना भाइरस (काेभिड १९) संक्रमितकाे उपचारका लागि निजी तथा सरकारी अस्पतालहरुलाई शुल्क लिने बाटाे खाेलिदिएसँगै अस्पतालहरूले धमाधम मनलाग्दी शुल्क ताेकिरहेका छन् ।

यस्तैमा टेकुस्‍थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि काेराेना संक्रमितकाे उपचार शुल्क ताेकेकाे छ ।

अस्पतालले १३ गते जारी गरेकाे सूचनामा संक्रमितले अस्पतालमा भर्ना हुनुपूर्व नै अवस्था हेरेर न्यूनतम २० हजार रुपैयाँ देखि ५० हजार रुपैयाँ सम्म धरौटी तिर्नुपर्ने उल्लेख छ । उक्त धराैटी राखेपछि मात्रै संक्रमित बिरामीले उपचार पाउनेछन् ।

बिरामीकाे अवस्था हेरी अस्पतालले उपचार शुल्क तथा धराैटी रकम ताेकेकाे छ । आईसीयूसहित भेन्टिलेटरमा राख्नुपर्ने जटिल बिरामीका लागि दैनिक १५ हजार उपचार खर्च लाग्ने सूचनामा उल्लेख छ । उक्त बिरामीले ५० हजार धरौटी तिर्नुपर्नेछ ।

यस्तै आईसीयूबाहेक भेन्टिलेटरमा उपचार गर्दा बिरामीले दैनिक ७ हजार ५०० उपचार खर्च तिर्नुपर्नेछ भने लाग्ने तर ३० हजार धरौटी राख्नुपर्ने छ । मध्यम जटिल भइ क्याबिन आइसोलेसन बस्ने बिरामीले दैनिक ७ हजार पाँच सय शुल्क तिर्नुपर्ने तर ३० हजार धरौटी राख्नुपर्ने छ ।

अशक्त, विपन्न, ज्येष्ठ नागरिक, एकल महिला लगायत बिरामीको आर्थिक अवस्था हेरी परिचयपत्र तथा सिफारिस पत्र बमाेजिम खर्चमा छुट दिन सकिने पनि बताइएको छ ।

प्रतिक्रिया