चितवन मेडिकल कलेजमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु
२०७७ कार्तिक १४ गते

चितवन । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट चितवन मेडिकल कलेजमा उपचाररत दुई जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा रत्ननगरपालिका ९ का ८८ वर्षीय र रुपन्देहीकाे बुटवल उपमहानगरपालिका ८ का ८४ वर्षीय पुरुष रहेका छन् ।
कात्तिक ११ गते अस्पताल भर्ना भएका रत्ननगरका पुरूषमा १२ गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे । उनी उच्च रक्तचाप र मधुमेहका दीर्घराेगी थिए । अस्पतालको कोभिड आईसीयू कक्षमा उपचाररत उनको आज बिहान ६:५४ मृत्यु भएको हाे ।
यस्तै रूपन्देहीका पुरूषमा कात्तिक ३ गते कोरोना पुष्टि भएकाे थियाे । ११ गते अस्पताल भर्ना भएका उनीमा ज्वरो, उच्च रक्तचाप र श्वासप्रश्वासको समस्या थियाे । उनको गएराति ११:४७ बजे मृत्यु भएको हाे ।
२०७७ कार्तिक १४ गते
प्रतिक्रिया
सम्बन्धित









