११ हजार ८ सय सुरक्षाकर्मीमा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लाे समय काेराेना भाइरस (काेभिड १९) संक्रमितकाे संख्या दिनहुँ बढिरहेकाे छ ।

शहर, बजारदेखि गाउँसम्म समुदायस्तरमा काेराेना संक्रमण फैलिसकेकाे अवस्थामा अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीहरूमा समेत संक्रमण बढ्न थालेकाे छ । काेराेना संक्रमण सुरू भएयता नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी ११ हजार ८ सय बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

प्रहरीमा ६ हजार १४ जनालाई संक्रमण भएको छ । संक्रमितमध्ये ४७ सय ८३ जना डिस्चार्ज भएका छन् ।

प्रहरी प्रधान कार्यालयमा ४२३ जना, उपत्यकामा २४५ जना, प्रदेश १ मा १०८ जना, प्रदेश २ मा १२ जना, बागमती प्रदेशमा ७२ जना, गण्डकी प्रदेशमा १६१ जना, लुम्बीनी प्रदेशमा ११३ जना, कर्णाली प्रदेशमा ५९ जना र सुदूरपश्चिम प्रदेशमा ३८ जना सक्रिय संक्रमित रहेका छन्

यस्तै  सेनामा हालसम्म ४ हजार १ सय ६ जनालाई कोरोना संक्रमण पुष्टि भएकाे छ । २ हजार ५१२ जना डिस्चार्ज भएका छन् भने २ जनाकाे मृत्यु भइसकेकाे छ । यस्तै सशस्त्र प्रहरी बलका १६ सय ९१ जनालाई कोरोना संक्रमण भएको छ । जसमध्ये १३ सय ९१ जना डिस्चार्ज भइसकेका छन् ।

देशभर हालसम्म १ लाख ६२ हजार ३५४ जना  संक्रमित छन् । जसमध्ये एक लाख २१ हजार ८२४ जना निकाे भइसकेका छन् भने ८८७ जनाकाे मृत्यु भएकाे छ ।

प्रतिक्रिया