टाउको जोडिएका जुम्ल्याहा बच्चाकाे सफल शल्यक्रिया

एजेन्सी । टाउकाे जाेडिएकाे जन्मिएका जुम्ल्याहा बालिका सफल शल्यक्रिया भएकाे छ । उनीहरूकाे गत वर्ष लण्डनस्थित ग्रेट ओरमोन्ड स्ट्रीट अस्पतालमा सफलतापूर्वक शल्यक्रिया गरेर छुट्याइएको थियो ।

अहिले उनीहरूले पाकिस्तानस्थित आफ्नो घर फर्किएका छन् । सफा र मर्वा बिबीको गत वर्ष तीनवटा शल्यक्रिया गरिएको थियो । यी जुम्ल्यहालाई सन् २०१९ को फेब्रुअरीमा सफलतापूर्वक अलग गरिएको थियो । त्यसयता उनीहरु आफ्नो आमा र अंकलको साथमा लण्डनमा नै बस्दै आएका थिए ।

उनीहरुको उपचार तथा बसोबासमा लागेको करिब १० लाख पाउन्डको खर्च पाकिस्तानका व्यवसायी मुर्तजा लखानीले व्यहोरेका थिए । साढे तीन वर्षका ती बालिकाहरुलाई हिँड्न सहयोग गर्न अहिले फिजिकल थेरापी भइरहेको छ । दुवैलाई सिक्न भने कठिनाइ भइरहेको छ ।

प्रतिक्रिया