आफ्नाे दशैं भत्ता फिर्ता लैजान संसद सचिवालयलाई भीम रावलको पत्र
२०७७ कार्तिक २ गते

काठमाडाैं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का स्थायी कमिटी सदस्य एवम् सांसद भीम रावलले दशैं भत्त्ता बापतकाे रकम फिर्ता गरेका छन् ।
उनले संघीय संसद सचिवालयलाई एक पत्र लेख्दै उनले दशैं भत्ता बापतकाे रकम फिर्ता हुने व्यवस्था गर्न आग्रह गरेका हुन् ।
उनले पत्रमा भनेका छन्- ‘यदी मेराे खातामा जम्मा भइसकेकाे रकम हाल त्यस सचिवालयले फिर्ता लिन कठिनाइ हुने भएमा भत्ता बराबरकाे मबाट चेक लिएर वा मेरा आगामी महिनाकाे पारिश्रमिकबाट साे रकम कट्टी हुनेगरी जुन त्यस सचिवालयलाई सहज हुन्छ साेही अनुरूप गर्नुहाेला ।’
यसअघि नेता रावलले सामाजिक सञ्जालमार्फत् पनि दशैं भत्ता नलिने घाेषणा गरेका थिए ।
हेर्नुहाेस् पत्र

२०७७ कार्तिक २ गते
प्रतिक्रिया
सम्बन्धित








