गायक कुमार सानुलाई कोरोना पुष्टि

एजेन्सी । भारतीय चर्चित गायक कुमार सानुलाई कोरोना संक्रमण पुष्टि भएको छ । ६२ बर्षिय गायक कुमारलाई कोरोना पोजेटिभ देखिएको उनी आफैँले जानकारी दिएका हुन् ।

भारतिय सञ्चार माध्यमका अनुसार कुमार संक्रमित भएपछि मुम्बईस्थित उनको घर सिल गरिएको छ । २० अक्टोबरमा परेको आफ्नो जन्मदिन मनाउन उनी अमेरिका जाने तयारीमा थिए । तर, काेराेनाका कारण जान नपाउने भएका छन् । कुमारकी पत्नी र दुई छोरी अहिले अमेरिकामा रहेका छन् ।

यसअघि अमिताभ बच्चन, अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन, कनिका कपुर अर्जुन कपुर, मलाइका अरोरा लगायतले कोरोना जितेर काममा फर्किसकेका छन् ।

प्रतिक्रिया