भारतीय सेनाध्यक्ष नरवाणे किन आउँदैछन् नेपाल ?

काठमाडौं । भारतीय सेनाका सेनाध्यक्ष मनोजमुकुन्द नरवाणे नेपाल भ्रमणमा आउने भएका छन् । उनको भ्रमणका लागि नयारी समेत सुरु भएको छ ।

गत माघ २० गते नै मन्त्रीपरिषद् बैठकले भ्रमणको लागि आमन्त्रण गर्ने निर्णय गरेको थियो । तर काेराेना संक्रमण बढ्न थालेपछि उनकाे भ्रमण राेकिएकाे थियाे । त्यतिबेला भारतले विवादास्पद भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटेर नक्सा जारी गरेपछि नेपाल-भारत सम्बन्ध चिसिएसँगै उनकाे भ्रमण तालिका प्रभावित भएकाे थियाे ।

अहिले पुन: भ्रमण तालिका तय गरिएकाे हाे । नरवाणेलाई पुनः भ्रमणको लागि सेनाले निमन्त्रणा पठाउने तयारी गरेको बताइएकाे छ । मन्त्रालयबाट स्वीकृति लिएर सेनाले भ्रमणका लागि निम्तो दिने तयारी गरेको हो । भ्रमण कात्तिकमा हुन सक्ने बताइएकाे छ । यद्यपी भ्रमण मिति भने तय भइसकेकाे छैन । दुई पक्षीय सहमतिमा भ्रमण तालिका र समय निर्धारण हुने बताइएकाे छ ।

नेपाल भ्रमणका क्रममा भारतीय सेनाध्यक्षले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ प्रधानसेनापतिको उपाधी ग्रहण गर्नेछन् ।नेपाल भारतबीच एक अर्काका सेनाध्यक्षलाई मानार्थ प्रधानसेनापतिको उपाधी प्रदान गर्ने चलन छ ।

यसअघि भारत भ्रमणका क्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले भारतीय सेनापतिको मानार्थ ग्रहण गरेका थिए ।

प्रतिक्रिया