जब बाबा रामदेव हात्तीको पिठ्युँबाट एक्कासी तल खसे…

एजेन्सी । भारतीय सामाजिक सञ्जालमा अहिले एउटा भिडियाे र तस्विर भाइरल बनेकाे छ । त्याे हाे बाबा रामदेवकाे भिडियाे ।

बेलाबेला चर्चामा छाइरहने बाबा रामदेव यसअघि काेराेनाकाे औषधी पत्ता लगाएकाे भन्दै सञ्चार माध्यममा छाउँदा ट्राेल बनेका थिए । अहिले उनी हात्तीबाट झरेका कारण ट्राेल बनेका हुन् ।

सोमबार भारतको मथुरास्थित महावन आश्रममा एउटा योग कार्यक्रम आयोजना गरिएको थियो, जुन कार्यक्रममा बाबा रामदेव उपस्थित थिए । बाबा रामदेव निकै राम्रोसँग सजाइएको हात्तीको पिठ्युँमा चढेर योग गर्न थाले । योग गर्दागर्दै हात्ती उफ्रिन थाल्यो ।

हात्ती सुरुमै चल्मलाउँदा त रामदेवले वास्ता गरेनन् तर फेरि अर्को पटक भने हात्ती निकै झड्का दिने ढंगले उफ्रियो । हात्तीको पिठ्युमा ध्यानमग्न बाबा रामदेव एक्कासि हात्तीबाट तल खसे । रामदेव तल झर्ने बित्तिक्कै वरिपरि रहेका मानिसहरुले उनलाई उठाउँछन् । त्यसपछि रामदेव निकै आँतिएझै अगाडि दौडिएको भिडियाेमा देख्न सकिन्छ ।

अहिले सामाजिक सञ्जालतिर धेरैले उनलाई मजाकमा उडाइरहेका छन् ।

प्रतिक्रिया