सलमान, शाहरूखदेखि अक्षयसम्मले अर्नव गोस्वामीविरुद्ध दायर गरे मुद्दा

एजेन्सी । बलिउडका ३४ ठुला चलचित्र निर्माताहरु र ४ चलचित्र संस्थाले अर्नव गोस्वामी सहित केही भारतीय पत्रकार विरुद्ध मुद्दा दायर गरेका छन् ।

बलिउड अभिनेता सुशान्त सिंह राजपुत मृत्यु प्रकरणमा गैरजिम्मेवारी रिपोर्टिङ गरेको भन्दै चलचित्र निर्माताहरुले सोमबार दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेको भारतीय सञ्चार माध्यमले जनाएकाे छ ।

रिपब्लिक टिभी र उक्त च्यानलका प्रमुख अर्नब गोस्वामी, प्रदीप भण्डारी, टाइम्स नाउ र यसका  राहुल शिवशंकर, नविका कुमार विरुद्ध मुद्दा दायर गरिएको छ ।

मुद्दा दायर गर्नेहरुमा आमिर खान, शाहरुख खान, सलमान खान, करण जौहर, अक्षय कुमार, आदित्य चोपडालगायतका प्रोडक्सन हाउस समेत समावेश भएका छन् । याचिकामा मिडिया प्लेटफर्म मार्फत् उनीहरुले बलिउड र यसका सदस्यहरु विरुद्ध गैर जिम्मेवार र अपमानजनक टिप्पणी गरेको आरोप लगाइएको छ ।

महिनौँदेखि यस विषयमा लगातार प्रसारण गरिरहेका च्यानलहरुले बलिउडमा दुर्व्यवहार, लागूऔषध प्रयोग, ब्ल्याकमेलिङ जस्ता गम्भीर समस्या रहेको आरोप लगाएको थियो ।

प्रतिक्रिया