लुम्बिनीका लेखा समिति सभापति चौधरीलाई कोरोना संक्रमण
२०७७ असोज २७ गते

तस्विर : डिल्लीबहादुर चौधरीकाे फेसबुक पेजबाट
काठमाडौं । लुम्बिनी प्रदेशका लेखा समितिका सभापति तथा लुम्बिनी प्रदेशका सांसद डिल्लीबहादुर चौधरीलाई कोरोना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएको छ ।
निमोनिया र शरीरमा सुगरको मात्रा बढी देखिएपछि नेपालगञ्जस्थित भेरी अस्पताल भर्ना भएर उपचार गराइरहेका उनीमा सोमबार राति काेराेना संक्रमण पुष्टि भएको हो ।
आइसियूमा भर्ना भएका चौधरीको स्वास्थ्यमा मंगलबार क्रमिक सुधार आएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
यसअघि चौधरीका चालक र सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
२०७७ असोज २७ गते
प्रतिक्रिया
सम्बन्धित









