अजय देवगण पनि जाेडिए चलचित्र ‘आदिपुरुष’मा

एजेन्सी । सुपरस्टार प्रभासको मेगा बजेट चलचित्र ‘आदिपुरुष’ मा अजय देवगण पनि जोडिएका छन् । निर्देशक ओम राउतले निर्देशन गर्ने यस चलचित्रमा सैफ अलि खानले पनि लंकेशको भुमिका निभाउने भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार अजयले भगवान शिवको भुमिका निभाउने भएका छन् । यो भन्दा पहिला अजय र सैफले ओम राउतको चलचित्र ‘तान्हाजीः द अनसँग वारियर’ मा सँगै काम गरेका थिए । तर वास्तविक कुरा भने खुलेको छैन ।

यस चलचित्रमा प्रभास भने भगवान रामको भूमिकामा देखिदै छन् । यो चलचित्रको छायांकन २०२१ मा हुनेछ ।

प्रतिक्रिया