यही वर्ष श्वेतासँग लगनगाँठो कस्दै आदित्य

एजेन्सी । नेहा कक्कडपछि गायक आदित्य नारायण झाले प्रेमिका श्वेता अग्रवालसँग यसै वर्ष बिहे गर्न लागेका छन् । एक अन्तरवार्ता आदित्यले श्वेतासँगको सम्बन्धको बारेमा खुलासा गरेका छन् ।

एकार्काले राम्रोसँग चिनेपछि उनीहरुले विवाह गर्न लागेका हुन् । भारतीय सञ्चारमाध्याम अनुसार आदित्यले भनेका छन् , ‘मैले श्वेतालाई फिल्म शपितको सेटमा भेटेँकाे थिएँ । हामीबीच राम्रो सम्बन्ध पनि भयाे । त्यसपछि बिस्तारै म श्वेताको मायामा डुबेँ । सुरुमा उनी केवल साथी हुन चाहन्थिन् किनभने हामी दुबै जवान थियौं र हामी क्यारियरमा ध्यान दिन चाहन्थाैं । सबैको सम्बन्धमा जस्तै, हाम्रो सम्बन्ध पनि धेरै उतार चढाव आए ।

मेरा अभिभावकहरुले श्वेतालाई धेरै मन पराउनुहुन्छ । हामी नोभेम्बर डिसेम्बरमा विवाह गर्ने तयारीमा छौं । मलाई याद छ केहि वर्ष पहिले मानिसहरूले मेरो र श्वेताको ब्रेकअप भएको अनुमान गरेका थिए । त्यसपछि मलाई श्वेतासँग बाहिर जान गाह्रो भयो। तर यसको मतलब यो होइन कि सबै समाप्त भयो ।’

आजभोली विवाह गरेको केहि समयमै सम्बन्धहरु टुक्रिन्छन, त्यसैले आफुहरू दुवैले एकार्कालाई राम्ररी बुझिसकेको र धेरै वर्षको सम्बन्धपछि, अहिले विवाह गर्नका लागि सही समय आएको आदित्य बताउँछन् ।

 

प्रतिक्रिया