बुटवल–तानसेन सडकखण्ड आजदेखि दैनिक ३ घण्टा बन्द
२०७७ असोज २६ गते

फाेटाे फाइल
बुटवल । सिद्धार्थ राजमार्ग आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । राजमार्गअन्तर्गत तानसेन बुटवल सडकखण्ड पर्ने विभिन्न ठाउँमाहरु मर्मत गर्नका लागि असाेज २९ गतेदेखि दैनिक तीन घण्टा बन्द हुने भएकाे हाे ।
उक्त सडकखण्डमा केही साता पहिले आएको लगातारकाे वर्षाका कारण पहिराे खसेर विभिन्न ठाउँमा अवराेध भएकाे छ ।पहिरोका कारण सडक दुईतर्फी सञ्चालन हुन नसक्दा ट्राफिक समस्या हुने गरेकाे छ ।
साे पहिराे पन्छाउन तथा मर्मतका लागि बिहान ६ बजेदेखि ९ बजेसम्म पाल्पाको बर्तुङदेखि चिडियाखोलासम्म राजमार्ग बन्द गर्न लागिएकाे हाे ।
२०७७ असोज २६ गते
प्रतिक्रिया








