अशोक लेलैण्ड र माछापुच्छ्रे बैंक बिच व्यवसायिक सहकार्य

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र माछापुच्छ्रे बैंक बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता अनुरुप आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले माछापुच्छ्रे बैंकबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्न साथै ब्याज अनुदान सम्बन्धि समझौता पत्रमा हस्ताक्षर भएको हो ।

बैंकको नीति अनुसार ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा बिक्रि वितरण गरिएका डस्ट मोडलका सवारी साधन खरिद गर्नका लागि बिना धितो कम्तिमा खरिद मूल्यको ६० (साठी) प्रतिशत सम्मको सहुलियत पूर्ण कर्जा सुविधा प्राप्त भएको छ ।

यो कर्जा प्रवाहको सुविधा अधिकतम ७ वर्षसम्मको लागि मासिक किस्ता तिर्ने आधारमा गर्ने भएको छ । यो सुविधा अशोक लेलैण्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा बिक्रि वितरण गरिएका अन्य सवारी साधनमा पनि बैंकको नीति नियम भित्र रही कर्जा प्रवाह गरिनेछ ।

अब आइएमई मोटर्सको कमर्सियल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले माछापुच्छ्रे बैंकको जुनसुकै शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् । यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताएका छन् ।

कर्जा सुविधा मात्र नभई दुवै कम्पनीबिच संयुक्त रुममा ब्राण्ड अवार्नेसका लागि विभिन्न कार्यक्रमहरुमा सहभागिता भई अघि बढ्ने पनि सहमति भएको छ ।

प्रतिक्रिया