ज्येष्ठ नागरिक र श्रमिक परिवारलाई इक्यानको सहयोग

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ इक्यानले कोरोना महामारीका कारण प्रभावित ज्येष्ठ नागरिक तथा श्रमिक परिवारलाई सहयोग वितरण गरेको छ ।

इक्यान केन्द्रीय कार्यालयले सामाजीक उत्तरदायीत्व विभागको पहलकदमीमा भक्तपुर कौशलटारस्थित मानव सेवा आश्रममा आश्रित ४७ जना अशक्त एवम् असहायहरुको जिवीकोपार्जनमा भरथेग गर्ने उद्देश्यले एक महिनाको पुग्ने अति आवश्यक खाद्य सामग्रीहरु हस्तान्तरण गरेको छ ।

त्यस्तै ईक्यानले आजै काठमाडौंको बालाजु औद्योगिक क्षेत्रका मजदुर तथा स्थानीय बिपन्न परिवारका बालबालिकाहरुलाई शिक्षा लगायत अन्य क्षेत्रमा सहयोग गरिरहेको संस्था होप वल्र्डवाइड नेपालद्वारा प्रर्वदित आशा बिधाश्रमलाई पनि आबश्यक सहयोग गरेको छ ।

ईक्यानले त्यहाँ आश्रीत ११० जना विद्यार्थीहरुका लागि जिविकोपार्जन सम्बन्धि आवश्यक सामाग्रीहरु उपलब्ध गराएको इक्यानका महासचिव दिपक राज भुसालले जनाए ।

प्रतिक्रिया