विश्व प्रख्यात गिटारिष्ट भान हालनको निधन

एजेन्सी । प्रसिद्ध संगीतकर्मी एडी भान हालनको निधन भएको छ । बरिष्ठ गितारवादक तथा प्रसिद्ध रक ब्याण्ड भान हालनका संस्थापक एडीको ६५ वर्षको उमेरमा क्यान्सरका कारण निधन भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उनका छोराले निधनको पुष्टि गरेको जनाएका छन् । डच–अमेरिकन संगीतकर्मी एडी घाँटीको क्यान्सरसँग लडिरहेका थिए । उनको ब्याण्ड भान हालन जम्प गीतका लागि विश्व चर्चित छ ।

सो गीत सन् १९८४ मा अमेरिकी चार्टमा शीर्ष स्थानमा पुगेको थियो । उनका छोरा वुल्फग्याङ्गले सामाजिक सञ्जालमा पिताप्रति सम्मान प्रकट गर्दै एडी उत्कृष्ट पिता रहेको बताएका छन् ।

भान हालनको मंगलबार क्यालिफोर्निया स्थित सेन्ट जोन्स हस्पिटलमा निधन भएको हो । उनको निधनका बेला परिवारका सदस्य उपस्थित रहेका थिए ।

एडी भ्यान हालनलाई १०० महान गिटार वादकहरुको विश्व सूचीमा आठौं नम्बरमा थिए ।

प्रतिक्रिया