डा. केसीसँग वार्ता गर्न आग्रह गर्दै बाबुरामले भने– ‘कुर्सीमा बस्ने मूर्ख झन् डरलाग्दो हुन्छ !’
२०७७ असोज २० गते

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले अनशनरत डा. गोविन्द केसीसँग तुरुन्त वार्ता गर्न सरकारसँग आग्रह गरेका छन् ।
डा. केसी अनशन बसेको आज २३ दिन पुगेको छ । स्वास्थ्य अवस्था नाजुक हुँदै गएको भन्दै डा. भट्टराईले सरकारसँग आग्रह गरेका हुन् । डा. केसी अहिले त्रिवि शिक्षण अस्पतालमा छन् ।
नेता भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्– ‘२३दिनदेखि अनसनरत डा.केसी को स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा पनि लोकतान्त्रिक देशको राज्यले वार्ताको पहलसम्म नगरी बस्न मिल्छ ? यो criminal negligence हैन ? तुरून्त वार्ता गर!समाधान खोज!डा.केसी बाँच्नुपर्छ।मूर्खदेखि दैव डरा भनिन्छ ! कुर्सीमा बस्ने मूर्ख झन् डरलाग्दो हुन्छ ! सबै चेतौँ !
२०७७ असोज २० गते
प्रतिक्रिया








