विश्वमा २ करोड ६८ लाखभन्दा धेरैले जिते कोरोना, कति पुगे संक्रमित र मृतक ?

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म संसारभरका २ करोड ६८ लाखभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर २ करोड ६८ लाख ६५ हजार ७५५ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १० लाख ४५ हजार ९२० जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ३ करोड ५६ लाख ९५ हजार ७३५ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख १५ हजार ३२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ७६ लाख ७९ हजार ६४४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४१ हजार ५७६ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ४२१ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३ हजार ६०० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ८८६ जनाले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ५९ हजार ८९३ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ६६ लाख ८२ हजार ७३ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ४९ लाख ४० हजार ४९९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३९८ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ४६ हजार ७७३ पुुगेको छ ।

विश्वभरको कोरोना अपडेट हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :- कोरोना अपडेट
प्रतिक्रिया