मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

प्रहरीकाे नक्कली पाेसाक लगाएर ‘नक्कली’ परीक्षा सञ्चालन

पर्सा । राष्ट्रिय अनुसन्धान सहायक सूचकको नक्कली परीक्षा सञ्चालन गरेको अभियोगमा बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने २९ वर्षीय अजय कुमार राय सहित ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका-५ कुमाल टोलस्थित देव पार्टी प्यालेसमा उक्त अनुसन्धानको सहायक सूचकको परीक्षा सञ्चालन भइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले रायले प्रहरी निरीक्षकको नक्कली पोसाक लगाई परीक्षा सञ्चालन गरिरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

साथै उक्त परीक्षामा पुरुष १९ र महिला २ गरी जम्मा २१ जना परीक्षार्थी उपस्थित रहेको भेटिएको छ ।

प्रतिकृयाहरु
Loading...