कमजोर बन्दै मनसुन: कस्तो रहला देशभरको मौसम ?

काठमाडौं । अघिल्लो साता नेपालमा भारी वर्षा गराएको मनसुन कमजोर बन्दै गएको छ । मनसुन कमजोर बन्दै जाँदा कम पानी पर्न थालेको छ ।

ढिला गरेर नेपाल प्रवेश गरेको मनसुन अझै बाहिरिएको छैन । तर, मनसुन कमजोर अवस्थामा पुगेकाले अबको एक दुई दिनमा पश्चिम नेपालबाट बाहिरिने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

  • यस्तो छ तीन दिनको पूर्वानुमान

असोज १५ गते (बिहिबार)
दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का थोरै स्थानहरूमा हल्का वर्षा र बाँकी प्रदेशका एक दुइ स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्य बदली रही पहाडी क्षेत्रका एक दुइ स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको छ ।

असोज १६ गते (शुक्रबार)
दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुइ स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको छ ।

राती : प्रदेश नं १, प्रदेश नं २,बागमती प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज १७ गते (शनिबार)

प्रतिक्रिया