मनमैजुकाे डेराबाट सुनकाे गहना दिउँसै चाेरी

काठमाडौं । तारकेश्वर नगरपालिका-१० मनमैजु डेरा गरी बस्ने एक जनाकाे डेराबाट धनमाल चाेरी भएकाे छ ।

रौतहट चन्द्रनिगाहपुर नगरपालिका-१२ घर भएकी २५ वर्षीया सञ्जु थापाको मनमैजुस्थित कोठाबाट सुनका विभिन्न गरगहना समेत गरी करिब २ लाख ३२ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको हाे ।

चोरीमा संलग्न व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया