एम्स अस्पतालको मेडिकल बोर्डकाे दाबी : सुशान्तकाे हत्या भएकाे हाेइन

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपूतकाे आत्महत्या प्रकरण अझै सुल्झन सकेकाे छैन । मेडिकल रिपाेर्टमा उनले आत्महत्या गरेकाे स्पष्ट भएता पनि हत्या भएकाे आशंका भइरहेका बेला भारतको दिल्लीस्थित एम्स अस्पतालको मेडिकल बोर्डले भने आत्महत्या नै भएकाे दाबी गरेकाे छ ।

भारतीय सञ्चार माध्यमका अनुसार अभिनेता सुशान्तको मृत्युको घटनामा एम्स अस्पतालको मेडिकल बोर्डले सीबीआईलाई आफ्नो अन्तिम रिपोर्ट पेश गरेको जनाएको छ । उक्त रिपोर्टमा सुशान्तको मृत्युको सही कारण लेखिएको उल्लेख छ ।

बोर्डका अध्यक्ष डा. सुधीर गुप्ताका अनुसार सुशान्तकाे मुद्दा विचाराधिन रहेकाे अवस्थामा फरेन्सिक टिमले गरेको परीक्षणको नतिजा अहिले नै सबैतिर सार्वजनिक गर्न सकिँदैन । अनुसन्धान गरिरहेको सीबीआईलाई उक्त  रिपोर्ट दिइएको समेत उनले जानकारी दिए ।

३४ वर्षीए सुशान्त गएको जुन १४ मा मुम्बईस्थित आफ्नै फ्ल्याटमा मृत फेला परेका थिए । सुशान्तले आत्महत्या गरेको मुम्बई प्रहरीले प्रारम्भिक रिपोर्टमा उल्लेख गरे पनि हत्या भएको हुन सक्ने आशंकामा अनुसन्धान जारी छ । सीबीआईको आग्रहमा एम्स अस्पतालले मेडिकल बोर्ड गठन गरेको थियो । एम्सले मुम्बई गएर सुशान्तको फ्ल्याटको जाँच समेत गरेको थियो ।

पोस्टमार्टम रिपोर्ट बनाउने कूपर अस्पतालका डाक्टरसँग पनि बोर्डले अन्तर्वार्ता लिएको थियो । मेडिकल बोर्डलाई निष्कर्षमा पुग्न झण्डैं एक महिना नै लागेको थियो । सुशान्तलाई विष दिएर हत्या गरिएको नदेखिने रिपोर्टमा उल्लेख गरेको भारतिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

प्रतिक्रिया