सुशान्तको भिसेरा रिपोर्ट : शरिरमा विष भेटिएन

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको केसमा एम्स प्यानलले सीबीआईलाई बुझाएको प्रतिवेदन आज फेला पारेको छ । जसबाट धेरै कुराहरुको खुलासा समेत भएको छ ।

स्रोतका अनुसार भिसेरामा सुशान्तलाई विष नदिएको खुलेको छ । एम्स चिकित्सकहरूले सुशान्तको शरिरमा कुनै जैविक विष सेवन गरेको पाएनन् । भारतीय सञ्चार माध्यमका अनुसार एम्सको रिपोर्ट सीबीआई अनुसन्धान भन्दा फरक छैन । यद्यपी कुपर अस्पतालका डाक्टरहरुलाई पूर्ण क्लीन चिट दिइएको छैन ।

कुपर अस्पताल अझै प्रश्नको घेरामा रहेको छ । एम्सको रिपोर्टले कुपर अस्पतालमा सुशान्तको लापरवाही भएको बताएको छ । सुशान्तको पोस्टमार्टम कुपर अस्पतालका डाक्टरहरूले गरेका थिए ।रिपोर्टमा सुशान्तको घाँटीमा केही निशान नभएको उल्लेख गरिएको थियो । सुशान्तको मृत्युको समय पनि बताइएको थिएन ।

सुशान्तको परिवारका वकिलले उनको मृत्यु हुनु अघि विष पाएको शंका गरेका थिए । तर, अहिले एम्सको रिपोर्टबाट स्पष्ट भएको छ कि सुशान्तलाई कुनै किसिमको विष दिइएको थिएन । सुशान्तको परिवारले उनकोे आत्महत्यालाई हत्या गरिएको दाबी गरेका थिए । उनका बुबाले रिया चक्रवर्तीले छोरालाई विष दिएको आरोप समेत लगाएका थिए ।

सुशान्तको परिवारले रियालाई उक्त मुद्दाको मुख्य अभियुक्त ठहराएका छन् । सो मुद्दामा तीन एजेन्सीहरू रियाविरूद्ध अनुसन्धान गर्दैछन् । रियालाई इडि र एनसिबिले पनि सोधपुछ गरिरहेको छ । हाल रिया ड्रग्स केसमा पछिल्लो २२ दिनदेखि बाइकुला जेलमा छिन् । सुशान्तको लागि ड्रग्स किनेको रियामाथि आरोप लागेको छ ।

प्रतिक्रिया