खैरहनी नगरपालिकाका एक कर्मचारीमा कोरोना पुष्टि

चितवन । चितवनको खैरहनी नगरपालिकाका एक जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

परिक्षणका लागि शुक्रबार स्वाब लिइएकोमा सोमबार उनीमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि ती कर्मचारी होम आइसोलेसनमा बसेका छन् । आफूमा केही समस्या नरहेको उनले बताए ।

उनीमा संक्रमण पुष्टि भएपछि मंगलबार भोलि एक दिन कार्यालय बन्द गरिने भएको छ । मंगलबार कार्यालय निर्मलिकरण गरिने र बुधबार देखि नियमित सेवा प्रवाह हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले बताए ।

शुक्रबार नै स्वाब दिएका खैरहनी नगरपालिका मेयर लालमणि चौधरीको रिपोर्ट भने नेगेटिभ आएको छ । आफू चढ्ने सवारिको चालकमा रिपोर्ट पोजेटिभ देखिएपछि मेयर चौधरी होम क्वारेन्टाइनमा थिए । सोमबार उनको रिपोर्ट नेगेटिभ आएको हो ।

प्रतिक्रिया