चितवनमा बाघ आतंक : आक्रमणबाट फेरि अर्का एक जनाकाे मृत्यु

चितवन । चितवनमा पाटेबाघकाे आक्रमणबाट आज (सोमबार) एक जनाको मृत्यु भएको छ ।

चितवन निकुञ्जसँग जोडिएको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका रत्ननगर–६ का ६० वर्षीय बहना चौधरीलाई बाघले आक्रमण गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए ।

एक महिनायता चितवन निकुञ्ज नजिक बाघले आक्रमण गर्दा स्थानीयको ज्यान गएको यो तेस्रो घटना हो ।

शनिबार मात्रै निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने पटिहानीको बेलसहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका एक स्थानीयको बाघको आक्रमणमा परेर ज्यान गएको थियो । भदौ २२ मा पनि बेलसहर आडकै बाटुलीपोखरी वनमा घाँस काट्न गएका एक स्थानीयकाे बाघकाे आक्रमणबाट मृत्यु भएकाे थियाे ।  

प्रतिक्रिया