बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ५९ वर्षीय टेक बहादुर पक्राउ

उदयपुर । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका-५ श्रीपुर बस्ने ५९ वर्षीय टेक बहादुर बुढाथोकीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

बुढाथोकीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया