चन्दा उठाउँदै हिँड्ने उदयपुरका गाेपाल ठिमीबाट पक्राउ

भक्तपुर । चन्दा संकलन गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका-१ मनोहरा सुकुम्बासी टोल बस्ने उदयपुर हदैनी-६ घर भएका ६१ वर्षीय गोपाल नेपालीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त टोलका व्यक्ति तथा संस्थाबाट तीन लाख रुपैयाँ संकलन गरी रसिद बाँड्दै गरेको अवस्थामा विभिन्न पर्चाहरु, एनआईसी एसिया बैंकको चेकबुक १ थान र विभिन्न कागजात सहित उनलाई महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया