नवाजुद्दीन सिद्दिकीमाथि श्रीमती आलियाले लगाइन् बलात्कारकाे आरोप

एजेन्सी । बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकीबाट लामो समयदेखि अलग बस्दै आएकी उनकी श्रीमती आलियाले बुधवार उनीविरुद्ध मुम्बईको वर्सोवा पुलिस स्टेशनमा उजुरी दर्ता गरेकी छन् ।

त्यसमा उनले नवाजुद्दीनमाथि बलात्कार र ठगीको आरोप लगाएकी छन् । आलियाले बुधवार दिउँसो पुलिस स्टेशनमा एक लिखित उजुरी दिएकी हुन् ।

आलियाले गएको हप्ता अर्को एक उजुरीको शिलशिलामा उत्तर प्रदेशको मुजफ्फरनगरस्थित बुढाना पुलिस स्टेशनमा आफ्नो बयान दिएकी थिइन् ।

उनले नवाजुद्दीन र उनको परिवारका चार सदस्यविरुद्ध उजुरी दिएकी थिइन् । त्यस्तै, उनले पिंकविलासँगको एक अन्तर्वार्तामा आफूलाई नवाजुद्दीनले विवाहको समयदेखि नै मानसिक तनाव दिने गरेको बताएकी छिन् ।

उनले भनेकी छन्, ‘म नवाजुद्दीनलाई २००३ देखि चिन्छु । हामी एकसाथ बस्न थालेका थियौं । उनका भाइ शमास पनि हामीसँगै बस्थे । विस्तारै हामीबीच प्रेम भयो र विवाह गर्‍याैं । सुरुवातदेखि नै हामीबीच समस्या उत्पन्न भइरहन्थ्यो । यो चाँडै बन्द हुनेछ भन्ने लागेको थियो । तर, १५–१६ वर्षमा पुग्दा पनि मेन्टल टर्चर भने बन्द भएन ।’

विवाहपछि पनि नवाजुद्दीनले अर्कै युवतीलाई डेट गरेको उनले बताएकी छिन् । 

प्रतिक्रिया